१ कार्तिक २०८३, आइतबार

जेभियर कप यू–१९ बास्केटबलमा पुष्पसदन र सीसीआरसी उपाधि नजिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । पाँचौ जेभियर कप यू–१९ अन्तर कलेज बास्केटबल प्रतियोगितामा पुष्पसदन र सीसीआरसी कलेज उपाधि नजिक पुगेका छन् ।

बिहीबार भएको सेमिफाइनल भिडन्तमा विजय हासिल गर्दै पुष्पसदन र सीसीआरसीले उपाधि भिडन्त पक्का गरेका हुन् ।

बिहीबार भएको छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा पुष्पसदनले प्राइम कलेजलाई ६६–४३ स्कोरले पाखा लगायो । कीर्तिपुरे टोली पुष्पसदनको जितमा दिपेश्वर साहले सर्वाधिक १६ अंक बटुले । पुष्पसदनले पहिलो क्वार्टरमा १३–१२, दोस्रोमा १२–१०, तेस्रोमा १६–१२ र अन्तिम क्वार्टरमा २५–८ ले आफ्नो पक्षमा बनाउँदै फाइनलमा स्थान बनाएको हो ।

यसैगरी अर्को सेमिफाइनल खेलमा सीसीआरसीले एञ्जल हर्टलाई ६५–४१ स्कोरले पराजित ग-यो । सीसीआरसीको जितमा मनिष केसीले सर्वाधिक २६ अंक बटुले । सीसीआरसीले पहिलो क्वार्टरमा १८–१४, १७–१०, ९–१३ र अन्तिम क्वार्टरमा २१–४ ले आफ्नो पक्षमा पार्दै पुष्पसदनसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

कालोपुलस्थित जेभियर इन्टरनेसनल कलेजको कोर्टमा सञ्चालन हुने छात्रातर्फको फाइनल खेलमा साइपालले आयोजक जेभियर कलेजको सामना गर्नेछ । प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषमा १४ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा छात्रातर्फ आयोजक जेभियर कलेज, गोल्डेन गेट, सीसीआरसी, प्राइम र साइपालले राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्दै पहिलो र दोस्रो स्थानमा रहँदै साइपाल र जेभियरले उपाधि भिडन्त पक्का गरेका थिए ।

प्रतियोगितामा सहभागी छात्रतर्फका टोलीलाई चार समूहमा विभाजन गएिको छ । लिगकम नकाउटका आधारमा सञ्चालन भएको यस विधामा समूह एमा आयोजक जेभियर ए, लिटिल एञ्जल्र्स, गोल्डेन गेट र नोवल एकेडेमी रहेका छन् ।

त्यस्तै समूह बीमा ट्रिनिटी, सीसीआरसी र बर्न हार्ट छन् । एन्जल्स् हार्ट, ज्ञान निकेतन, रिलायन्स एकेडेमी र पुष्पसदन समूह सीमा रहेका छन् । समूह डीमा आयोजक जेभियर बी, प्राइम कलेज र ग्रिनफिल्ड रहेका छन् ।