२ कार्तिक २०८३, सोमबार

यस्तो छ नेपालमा गुगल एप्लिकेशनस् जिमेल र यूट्युब ढिलो खुल्नको कारण

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले विगत केही हप्तादेखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको विषयमा धेरैको संख्यामा प्रयोगकर्ताबाट गुनासाहरु प्राप्त भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

गुगलले विगत ४ बर्षदेखि आफ्नो एप्लिकेसन्स (जस्तै जिमेल र यूट्युब) को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखेको तर, हालै नेपालको आई एस पि कम्पनीहरुसँग अलग भएर गुगलले नेपालमा आफ्नै नयाँ सरभर निर्णय गरी केही महिनादेखि गुगलले यहाँका कम्पनीहरुमा राखिरहेको सरभरलाई स्तरउन्नोति नगर्दा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने समस्या आएको आइस्पानले जनाएको छ । आइस्पानका अनुसार साथै गुगलले नेपालमा आफनो सरभर राख्न पनि ढिलाई गरिरहेको छ ।

‘जबसम्म गुगलले आफनो सरभर को स्तरउन्नोति गर्दैन तब सम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगल का एप्लिकेसन्स जिमेल, यूट्युब आदि ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुनेछन्,’ इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले विहिबार विज्ञप्ति जारी गर्दै भनेको छ– ‘प्रयोगकर्ताहरुले भोग्नु परेको असुविधा प्रति हामी क्षमा प्रार्थी छौं । हामी आशा गरेका छौं कि गुगलले तत्काल यो समस्याको समाधान गर्नेछन् ।’

यस्तो छ इन्टरनेट सेवा प्रदायक संघ नेपालको विज्ञप्तिः

यस इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्ता देखि नेपालमा गुगल को यूट्युब, जिमेल लगायतका एप्लिकेसन्स हरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरु प्राप्त भएको घटना प्रति गम्भीर ध्याकनार्षण भएको छ ।

गुगल ले विगत ४ बर्ष देखि आफ्नो एप्लिकेसन्स (जस्तै जिमेल र यूट्युब) को क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखी रहेको व्यहोरा अवगत गराउन चाहन्छौं । हाल गुगल ले गरेको निर्णय अनुसार नेपालको आई एस पि कम्पनीहरु सँग अलग भएर गुगल ले नेपालमा आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको छ । गुगल को यस निर्णयको कारणले विगत ४ वर्ष देखि यहाँका कम्पनीहरुमा राखि रहेको सरभर लाई विगत केही महिना देखि गुगल ले स्तरउन्नोति गरेको छैन । यहि कारणले बढी प्रयोग हुने समय (वेलुका) मा सरभर हरुको क्षमता अपुग भई रहेको छ । इनटरनेट सेवा प्रदायक कम्पनीहरुले गुगल लाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि स्तरउन्नोति हुन सकेको छैन भने अर्काे तर्फ गुगलले आफनो सरभर राख्न पनि ढिलाई गरी रहेका छन् ।

जब सम्म गुगल ले आफनो सरभर को स्तरउन्नोति गर्दैन तब सम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगल का एप्लिकेसन्स जिमेल , यूट्युब आदि ढिलो खुल्ने अवस्थाको सामना गर्न बाध्य हुनेछन् । प्रयोगकर्ताहरुले भोग्नु परेको असुविधा प्रति हामी क्षमा प्रार्थी छौं । हामी आशा गरेका छौं कि गुगलले तत्काल यो समस्याको समाधान गर्नेछन् ।