४ कार्तिक २०८३, बुधबार

बालाजू अटोवक्सद्वारा प्राविधिकलाई प्रशिक्षण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । नेपालका लागि महिन्द्रा ट्याक्टरको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बलाजू अटो वर्क्सले आफ्नो डिलहरुमा रहेका प्राविधिकहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम बलाजू अटो वक्र्स तालिम केन्द्र विरगन्जमा भएको थियो ।

कार्यक्रमको मुख्य लक्ष्य उत्कृष्ट सर्भिस् तथा महिन्द्रा जेन्यून स्पेयर पार्टस् र लुब्रिकेन्टको सहि उपयोग सम्बन्धी सीप विकास गराई उनीहरुलाई सक्षम बनाउनु रहेको कम्पनीले बताएको छ । यस तालिम मार्फत् प्राविधिकले ग्राहकहरुको आवश्यकतालाई अझ बढी उचित ढंगले समाधान दिन सक्ने बताइएको छ ।

यस दुई दिने कार्यक्रममा प्रतिनिधिहरुलाई थ्योरि तथा प्य्राक्टिकल दुबै प्रकारको तालिम दिइएको थियो । यस तालिमको विशेष आकर्षण महिन्द्रा ट्राक्टर NOVO र YUVO रहेको थियो ।

कार्यक्रममा नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री मेनेजर तपस पटनायक तथा बालाजू अटो वक्र्सका सिनियर इन्जिनियर दीपक आचार्यबाट प्रशिक्षण दिइएको थियो ।