२ कार्तिक २०८३, सोमबार

राजपा र सरकारलाई मधेसी युवाको चुनौति- तिम्रो लास, पैसा र भ्रमको राजनीति धेरै टिक्दैन्

16.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १५ भदौ । प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चुनावी प्रचार प्रसार अभियान र आरोप प्रत्यारोप ‘आक्रामक’रुपमा अघि बढेको छ ।

सञ्जीव झा

यसक्रममा एक जना मधेसी युवाले पैसा र भ्रमको राजनीतिले चुनाव जित्ने सपना नदेख्न सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपा नेपाललाई चुनौति दिएका छन् ।

एमाले निकट युवा सञ्जीव झाले अब तराईमा कांग्रेस, माओवादी र राजपाको ‘लास, पैसा र भ्रम’को राजनीति धेरै नटिक्ने चुनौति दिएका हुन् ।

उनले भनेका छन्– ‘एमाले सरकारमा हुँदा मधेसको लागि के के गर्यो भन्ने हामी लिस्ट निकाल्छु, दम छ भन्ने राजपा, कांग्रेस र माकेले पनि निकालोस । तिम्रो लास, पैसा र भ्रमको राजनीति धेरै चल्नेवला छैन् ।’

यसअघि एमाले नेता राजेन्द्र पाण्डेले कांग्रेस नेता विमलेन्द्र निधिले एमालेलाई हराउन बोराबाट पैसा ल्याएको आरोप लगाएका थिए । ‘विमलेन्द्र निधिजीले बोरामा पैसा लिएर एमाले सिध्याउने पटक–पटक भन्नुभएको छ’, उनले भनेका थिए, ‘हामी पनि हेर्ने छौँ । पैसाको बोराले कसरी जितिदो रहेछ ।’