२ कार्तिक २०८३, सोमबार

नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेड स्थापनाका लागि निवेदन दर्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । राष्ट्रको पुर्वाधार विकास गर्नका लागि नेपाल सरकारले सार्वजनिक निजी–साझेदारीको प्रारुप अनुरुप पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिवद्धता गरे अनुसार प्रस्तावित नेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेडले निवेदन दर्ता गरेको छ ।

विकास बैंकका अध्यक्ष डा.विमल कोइरालाले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको उपस्थितिमा प्रस्तावित बैंकको आवश्यक कागजातहरू हस्तान्तरण गरी विधिवत रुपमा बैंक स्थापना गर्नका लागि निवेदन दर्ता गरिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैंकको चुक्ता पुँजी २० अर्व रहेको छ । बैंकमा नेपाल सरकारकोे १० प्रतिशतसहित संस्थापक समूहमा ६० प्रतिशत र सर्व–साधारण समुहमा ४० प्रतिशत शेयर रहेको छ ।

हाल संस्थापक समुहमा विभिन्न बैंक तथा बीमा कम्पनीहरू लगायत प्रतिष्ठित उद्योगी व्यापारीहरूको संलग्नता रहेको छ । विदेशी बैंक तथा वित्तिय संस्थाहरूलाई समेत लगानी गर्न अनुकूल हुने गरी बैंक स्थापनाको निवेदन दर्ता गरिएको छ ।

प्रस्तावित बैंकको सञ्चालक समितिमा नेपाल सरकार समेतको प्रतिनिधि सहित ७ जना सञ्चालक रहने व्यवस्था मिलाईएको छ ।

प्रस्तावितनेपाल इस्फ्रास्ट्रक्चर बैंकले देशको पूर्वाधार विकास सम्बन्धी परियोजनाहरूमा कर्जा प्रवाह गर्र्नेे, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरूको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरू जारी गर्ने, राष्ट्र बैंकको स्वीकृतिलिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरूमा लगानी गर्न आवश्यक रकम जुटाउन विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्तगर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी श्रोत परिचालनगर्ने, लिजिङ्ग कारोबार गर्नेमुख्य उद्देश्य रहेको छ ।