काठमाडौं, १४ भदौ । नेपालले दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा पनि बंगलादेशलाई पराजित गरेको छ ।
नेपाल भलिबल संघले आयोजना गरेको मैत्रीपूर्ण खेलमा नेपालले पहिलो सेट हारेपनि पछिल्ला तीन सेट जतिर संग्रहमा खेल ३–२ ले जितेको हो ।
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–२ को सेटमा पराजित गर्यो। २–१ ले पछाडि परेको अवस्थामा नेपालले चौथो सेट २५–२२ र पाँचौ सेट १५–८ ले जित्दै खेल जितेको हो।
दोस्रो खेल पनि जित्दै नेपालले दुई खेलको मैत्रीपूर्ण सिरिज दुई शून्यले जितेको छ । मंगलबार भएको पहिलो खेलमा पनि नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएको थियो ।
नेपाल सरकारले भलिवललाई राष्ट्रिय मान्यता दिएपछि मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।















प्रतिक्रिया