काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन बुझाएको छ ।
नेपालको संविधानबमोजिम संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले बुझाउनुभएको हो । सो आयोग गत साउन ५ गते गठन भएको थियो ।
कुन जिल्लामा कति निर्वाचन क्षेत्र ?
१०- काठमाडौं
६ – मोरङ
५ – झापा, रूपन्देही र कैलाली
४ – सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा
३ – ललितपुर, चितवन, कास्की, कपिलबस्तु, दाङ, बाँके र कञ्चनपुर
२ – इलाम, उदयपुर, सिन्धुली, काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ,मकवानपुर, गोरखा, तनहुँ, स्याङ्जा, उत्तर नवलपरासी, दक्षिण नवलपरासी,पाल्पा, गुल्मी, बाग्लुङ, बर्दिया, सुर्खेत, अछाम र दैलेख
१ – पाँचथर, तेह्रथुम,धनकुटा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, रसुवा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, पूर्वी रूकुम, पश्चिम रूकुम, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, कालिकोट, बाजुरा, हुम्ला, डोटी, बझाङ, डडेलधुरा, बैतडी र दार्चुला












प्रतिक्रिया