१० मंसिर २०८३, बिहिबार

‘माधव नेपालको उत्तर कोरिया भ्रमणबारे कमेन्ट गर्ने निधिलाई भारतबाहेक केही थाहा रहेनछ’

18.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १४ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ठुला पार्टीका एक तिहाई केन्द्रीय सदस्य विदेशी एजेन्टको रूपमा काम गरिरहेको आरोप लगाउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा बिजुक्छेंले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै विदेशीहरूले जानकारी पाउनु र पूर्व योजना अनुुसार काम गर्न सफल हुनुमा हरेक ठुला दलहका एक तिहाई केन्द्रीय सदस्य विदेशी एजेन्टहरुको भूमिका रहेको बताउनु भएको हो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिव्यक्ति संसद्को मर्यादा विपरीत रहेको र के बोल्ने भन्ने बारे जानकारी समेत नरहेको बताउनु भयो । देउवाले पहिले नै गरेको प्रतिबद्धताको पालना गर्दै भारतका प्रधानमन्त्रीका अघि त्यस्तो अभिव्यक्ति दिएको हुन सक्ने उहाँले बताउनु भयो ।

संसदले नेपाल र भारतको सीमामा बनाएका विभिन्न बाँधहरु भत्काउने निर्णय गरिसकेता पनि सरकार चुप लागेर बस्नु नै तराईलाई बाढीको चपेटामा पार्ने काम भएको भन्दै उहाँले हाल बाढीपीडित राहत वितरणमा समेत सरकाले पक्षपात गरेको बताउनु भयो ।

निर्वाचन आयोगले निर्वाचनका लागि तोकेको समयमै निर्वाचन सम्पन्न हुने भन्दै निर्वाचन आयोगलाई सरकारले प्रभाव र दबाबमा पारी मिति परिवर्तन लगायत अन्यका काम गर्नु देशको हितानुकुल नहुने उहाँले बताउनु भयो ।

सिंहदरबारको अधिकार गाउँ गाउँ भन्ने नारा दिएर जनतालाई सरकार र प्रतिपक्षमा रहेको दलका साथै अन्य दलका नेताहरूले भ्रमको खेती गरेको भन्दै उक्त अधिकार सम्बन्धी विधेयक र कानुनहरू थन्किनु यसको ज्वलन्त उदाहरण रहेको उहाँले बताउनु भयो ।

प्रधानमन्त्री र पूर्व उपप्रधानमन्त्रीले कहाँ के बोल्ने बारे थाहासम्म नभएको र पछिल्लो समयमा माधव नेपालको उत्तर कोरिया भ्रमणबारे गरिएको टिप्पणीलाई लक्षित गर्दै बिजुक्छेंले पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिलाई भारत र बिहार बाहेक अन्य स्थानबारे थाहा नभएको आरोप लगाउनुभयो ।