२९ आश्विन २०८३, बिहिबार

निगमको दोस्रो चिनियाँ जहाज ‘वाई–१२’ आजै नेपालमा अवतरण हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NAC-Y-12-Eकाठमाडौं, १७ कात्तिक । नेपाल वायुसेवा निगमको दोस्रो चिनियाँ जहाज ‘वाई–१२’ दिउँसो साढे एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएको छ ।

आइतबार नै उक्त जहाज कलकत्ता आइसकेको बुझिएको छ ।

चिनियाँ सरकारले अनुदानमा उपलब्ध गराएको उक्त जहाज गत असार १६ गते नै नेपाल भित्रिने कार्यतालिका थियो ।

तर, जहाज निर्माता कम्पनी एभिक इन्टरनेशनले दोभासे ‘इन्स्ट्रक्चर’ पाइलटको अभाव देखाउँदै निगमलाई तोकिएको समयमा जहाज उपलब्ध गराएको थिएन् ।
चीनले अनुदानमा उपलब्ध गराएका दुईवटा जहाजमध्ये ‘एमए–६०’ वैशाख १४ गते नेपाल आइसकेको छ ।