१० मंसिर २०८३, बिहिबार

माधव नेपाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेपछि भट्टराईले दिए यस्तो जबाफ

39.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, १४ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको विषयमा एमालेका सचिव योगेश भट्टराईले निर्वाचन आयोगप्रति व्यङ्ग्य गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एमालेका सचिव भट्टराईले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको आँखाप्रति व्यंग्य गरेका हुन् ।

‘सिडिओ र प्रहरीको सरुवा नदेख्ने, मतपत्र च्यातेको नदेख्ने, माधव नेपालको टाउकाको सूर्य चै देख्ने ! अयोधीका आँखा त मान्नै पर्छ बा !’ – सचिव भट्टराईले लेखेका छन् ।

पर्सा र जनकपुरमा एमालेको कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले लगाएको टोपीमा ‘सूर्य’ देखिएकोप्रति निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भएको भन्दै २४ घण्टे अल्टिमेटमसहितको पत्र काटेको थियो ।

२४ घण्टे स्पष्टीकरणलाई संकेत गर्दै सचिव भट्टराईले प्रमुख निर्वाचन आयुक्त यादवको रवैयाको टिप्पणी गरेका हुन् ।