२ कार्तिक २०८३, सोमबार

नेमकिपाका प्रभावशाली केन्द्रीय नेता एमालेमा प्रवेश

17.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, १३ भदौ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का केन्द्रीय सदस्य तर्कबहादुर बडुवाल एमालेमा प्रवेश गर्नुभएको छ ।

दैलेखको राकम कर्णालीमा आयोजित विशेष कार्यक्रममा बडुवाल एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई एमाले ६ नम्बर प्रदेशका संयोजक युवराज ज्ञवालीले पार्टी प्रवेश गराउनु भएको एमालेले दैलेखले जनाएको छ ।

२०७० को संविधानसभा चुनावमा दैलेख क्षेत्र नम्बर २ बाट उम्मेदवार रनु भएका बडुवाल दैलेखका पुराना वामनेता मानिनु हुन्छ । गएको वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनमा बडुवालले आठबीस नगरपालिकाको प्रमुखमा नेमकिपाको तर्फबाट उम्मेदवारी समेत दिनुभएको थियो ।
केन्द्रीय सदस्य बडुवालले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेपछि नेमकिपालाई ठूलो झट्का लागेको छ । बडुवाल मध्यपश्चिममा नेमकिपाका प्रभावशाली नेता मानिनु हुन्छ ।