१० मंसिर २०८३, बिहिबार

एमालेलाई जिताउन युवा संघ मधेसमा सक्रिय, बाढीपीडितलाई राहतदेखि घरदैलोसम्म

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । साउन अन्तिम साता तराईमा आएको बाढी र डुबान पीडितको उद्धार तथा राहतमा निस्केको युवा संघ नेपालले चुनावी प्रचार अभियानको सुरुवात गरेको छ ।

अध्यक्ष राजीव पहारीको नेतृत्वमा भदौै १ देखि तराईमा रहेको युवा संघको केन्द्रीय टोली माउ पार्टी नेकपा एमालेलाई आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको चुनावमा बहुमतले जिताउन चुनावी प्रचार अभियान पनि थालेको हो । साथसाथै बाढी पीडितका लागि सरकारको ध्यानाकर्षण गराउने काम पनि संघले गरिरहेको नेता सन्तोष सिलवालले जानकारी दिए ।

यसक्रममा सोमबार धनुषामा अध्यक्ष राजीव पहारीको नेतृत्वमा संघले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै तराईका बाढी पीडितलाई राहत वितरण, पुनः स्थापन र क्षतिपूर्ति प्रदानको कार्यलाई प्रभाबकारी बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उक्त ध्यानाकर्षण पत्र प्रदेश न २ का संयोजक मन्जु यादबले धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईलाई हस्तान्तरण गरेकी थिइन् ।

यस्तै, संघका अध्यक्षले आजै प्रदेश नम्बर २ संगठन कमिटीद्धारा आयोजित पत्रकार सम्मेलनमा संविधान संशोधनमा किन एमालेले समर्थन गर्न सकेन ? प्रधानमन्त्रीको भर्खरै सम्पन्न भारत भ्रमणले कसरी राष्ट्रिय स्वाभिमान गिराउने र नेपाली जनतालाई लज्जाबोध गरायो ? प्रदेश नम्बर २ मा सम्पन्न हुन गइरहेको निर्वाचनमा एमाले कसरी पहिलो पार्टी हुन्छ र निर्बाचनमा युवा परिचालन तथा संघको ९औं राष्ट्रिय महाधिबेशनबारे प्रष्ट पारेका थिए ।

यस्तै, आइतबार संघको प्रदेश नम्बर २ प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पहारीले एमालेलाई जिताउन मातहत नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । सो बैठकले तेस्रो चरण निर्वाचनमा सूर्य ध्वजाबाहक उम्मेदवारलाई बिजयी गराउन प्रदेशस्तरीय र जिल्ला स्तरीय निर्बाचन परिचालन कमिटी गठन गरेको छ ।

बैठकमा युवा संघका प्रदेश संयोजक एवं केन्द्रीय सचिव मञ्जु यादव, सह संयोजक राममणी मिश्र, केन्द्रिय सचिव माधव बास्तोला र केन्द्रिय सचिबालय सदस्य रमेश आचार्यले आ आफ्नो धारणा राखेका थिए । बैठकमा नेता कार्यकर्ताको उल्लेख्य सहभागी थियो ।