माडागासकर । गैर आवासीय नेपाली संघ (एनआरएनए) माडागासकरको अध्यक्षमा शिव राज कंडेल निर्वाचित भएका छन् ।
अगस्त २७ तारिखमा अफ्रीकाको माडागासकरमा सम्पन्न दोस्रो साधारण सभाले अधयक्षमा कंडेलसहित उपाध्यक्षमा दानबहादुर थापा, महासचिवमा होम श्रेष्ठ, सचिवमा मर्क गुरुङ, कोषाध्यक्षमा पूर्णबहादुर खड्कालाई निर्वाचित गरेको हो ।
यसै गरि सदस्यहरुमा रामेश्वर राणा, तेज बहादुर कार्की, ईन्द्र बहादुर खत्री, बाश आले मगर, दीपेन्द्र खतिवडा, धनराज सवा लिम्बु, हिम बहादुर बुढाथोकी, पेम्बा शेर्पा निर्वाचित भएका छन् ।
यसै गरि उक्त भेलाले सल्लाहकारहरुमा कर्ण शेर राई ,आङ गेल जि शेर्पा ,चन्द्र बहादुर खड्का लाई मनोनित गरेको छ l १३ सदस्य नयाँ कार्य समिती २ बर्ष को लागि चयन गरिएको छ ।अन्तर राष्ट्रिय समिती सदस्यमा रमेश राई लाई चयन गरिएको छ ।
कार्यक्रम देशमा डुबान र पहिरोमा परी जयान गुमाएकाहरुको आत्माले शान्ति मिलोस भनी एक मिनेट मौन धारण गरी सुरु गरिएको थियो ।गैर आवासिय नेपाली सघ माडागासकर स्थापना २०१५ मा भएको थियो ।
















प्रतिक्रिया