१० मंसिर २०८३, बिहिबार

अदालतलाई नमान्ने वाइसीएलको घोषणा, बालकृष्ण ढुंगेलविरुद्धको फैसला अस्वीकार्यः दिपशिखा

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शरद रेग्मी

दाङ, १२ भदौ । सत्तारुढ नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलका नवनिर्वाचित अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले बालकृष्ण ढुंगेलविरुद्ध अदालतको फैसला वाइसीएललाई अस्वीकार्य भएको बताएका छन् ।

सोमबार दाङको तुलसीपुरमा रिपोर्टर्स क्लब दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दिपशिखाले द्धन्दकालीन घटनालाई लिएर आफ्ना नेता ढुङ्गेलमाथि अदालतले गरेको फैसला अन्यायपूर्ण रहेको भन्दै त्यो अमान्ने र अस्वीकार्य रहेको बताएका हुन् ।

बृहत शान्ति सम्झौता आफैँमा कानून भएको तर्क गरेका उनले राज्य र अदालतले त्यो नमानेको बताए साथै राज्य र अदालतले संविधान समेत नमानेको उल्लेख गरे ।

‘कानून हामीले नमानेको होइन, राज्यले नमानेको हो र त्यही मान भनेर हामीले भनेको हो,’ वाईसियल अध्यक्ष दिपशिखाले भने । द्धन्दकालीन घटनाहरू सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत टुङ्ग्याउनु पर्ने उनको धारणा थियो ।

अध्यक्ष दिपशिखाले अदातलले यसैगरी द्धन्दकालीन मुद्दा हेर्दै जाने हो भने समाजमा शान्ति स्थायित्व कायम गर्न नसकिने उनको तर्क छ ।

माओवादीका प्रत्येक गाउँकमिटीका सदस्यदेखि केन्द्रीय अध्यक्ष सम्मलाई मुद्दा लाग्ने स्थिति उत्पन्न हुने भएकोले द्वन्दकालीन मुद्दाको अदालती फैसला समाधान हुन नसक्ने उल्लेख गरे । ‘त्यसले द्वन्दको हल नहुने, निकास नहुने र समाजमा शान्ति कायम हुन नसक्ने हुँदा आफूहरूले त्यसअर्थमा बालकृष्ण ढुँगेलमाथिको फैसला अस्वीकार्य र अमान्य भएको निर्णय गरेका हौं,’ उनले भने ।

यदी होइन भने आफूहरू पनि त्यही प्रक्रिया र शैलीमा अगाडि बढ्न बाध्य हुने र त्यसले द्वन्द निम्त्याउने उनको कथन थियो ।

माओवादी नेतालाई द्वन्दकालीन मुद्दा लगाउने हेप्ने, ह्येयको दृष्टिकोणले हेर्ने कुरा वाइसीएललाई स्वीकार्य छैन भन्दै आफ्ना नेतामाथिको मुद्दा शान्ति सम्झौता अनुरुप नभए आफूहरू काँग्रेस र एमालेका शीर्ष नेताहरूका विरुद्ध द्वन्दकालीन मुद्दा दायर गर्न बाध्य हुने चेतावनी दिए ।

फरक प्रसंगमा उनले वाइसीएल तीन महिने संगठनात्मक अभियान अघि सारेको उल्लेख गर्दै त्यो संघीय र प्रदेश चुनावमा माओवादी केन्द्रलाई जीत दिलाउने गरी खटिने बताए ।