८ कार्तिक २०८३, आइतबार

तुलसीको विवाह गर्दै ठूलो एकादशी मनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tulasi-bihe

काठमाडौ, १७ कात्तिक । आज हरिबोधनी अर्थात ठूलो एकादशी । हिन्दु धर्मालम्बीहरु बिहानै नदी, तलाउ, धारा र कुवामा गई चोखो पानीले नुहाइ ब्रत बसेका छन ।

आज विहानैदेखि तुलसीको पूजा गरी तुलसी बिवाह गरिदैछ । घरघरमा रहेका तुलसीका मठ सिंगारपटार गरी मठ छेउमा साल, बाँस वा उखु गाडेर तुलसीको विवाह गर्ने चलन छ । घरमा तुलसी नरोप्नेहरु समेत छिमेकी कहां गएर तुलसीको पुजा गर्ने गर्दछन । अक्सिजन बढी दिने र सुगन्ध आउने बनस्पति हुनाले तुलसीलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । एकादशीको अवसरमा आज काठमाडौको बुढानिलकण्ठ मन्दिर परिसरमा भक्तजनहरुको ठूलो भीड लागेको छ। बुढानीलकण्ठ मन्दिरमा भगवान विष्णु, शिव र गणेशका छुट्टा छुट्टै मन्दिर रहेका छन । असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु आज निद्राबाट ब्युझिने र संसार नियाल्ने धामिर्क विस्वास छ ।

आज बर्तालुहरु तीर्थमा नुहाई तरुल, सकरखण्ड तथा फलफूल मात्रै खाएर बस्ने गर्छन । खाशगरी कालीगण्डकी किनारका तीर्थस्थलहरुमा स्नान गरी भगवान बिष्णुको अबतार मानिने शालिग्रामको पूजा गरेमा पूण्य मिल्ने धार्मिक बिश्वास छ ।