काठमाडौं, १२ भदौ । मन्त्री हुँदा भित्र्याएकी छोरीकै उमेरकी कान्छी श्रीमती अर्कै केटासँग भाग्न लागेको थाहा पाएपछि पूर्वमन्त्री विश्वेन्द्र पासवानले आक्रमण गरेका छन् ।
घरमा जेठी हुदाहुँदै विश्वेन्द्रले केपी ओली नेतृत्वको सरकारमा जनसंख्या तथा वातावरण मन्त्री हुँदा आफ्नै पार्टीकी कार्यकर्तालाई कान्छी बनाएर भित्र्याएका थिए । मन्त्री हुँदा कान्छी बनेर भित्रिएकी नयाँ पत्नी अहिले अर्कै केटासँग भाग्न थालेपछि विश्वेन्द्र आक्रमणमा उत्रिएका हुन् । अर्कै केटासंग भाग्न लागेको चाल पाएपछि आक्रोशित बनेका उनले विमानस्थलमै श्रीमतीमाथि जाइलागेको स्रोतले बतायो ।
छोरी समानकी कार्यकर्तालाई कान्छी बनाएर गौशालाबाट नख्खु बस्दै आएका विश्वेन्द्रले विमानस्थलको आन्तरिक उडान कक्षबाहिर कान्छी पत्नीलाई मुक्का प्रहार गरेका हुन् ।
यसअघि कान्छी ल्याएको भन्दै जेठी पत्नीतर्फबाट छोराले कुट्दा गम्भीर घाइते भएका छन् । छोराको लात्ताले भुडीमा प्रहार हुँदा उनको प्यान्क्रियाजमा गम्भीर समस्या आएको थियो । मन्त्री हुँदा त्यतिबेला विश्वेन्द्रले राज्यकै खर्चमा उपचार पाएका थिए ।
पारिवारिक स्रोतका अनुसार विश्वेन्द्रका आधा दर्जन सन्तान र दुई नाती नातिना छन् । विश्वेन्द्र ओली सरकारका पालमा ‘साइकल’ मन्त्रीका रुपमा चर्चामा आएका थिए ।











प्रतिक्रिया