१० मंसिर २०८३, बिहिबार

संसदमा देउवाको जवाफ- संविधान संशोधनबारे छिमेकीलाई जानकारी गराउनु नाजायज होइन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणबारे व्यवस्थापिका संसदमा जानकारी गराएका छन् ।

संविधान संशोधनबारे दिल्लीमा दिएको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेका आज बसेको संसद बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री देउवाले पछिल्लो राजनीतिक घटनाक्रमबारे छिमेकी र मित्रराष्ट्रलाई जानकारी गराउने कुरालाई नाजायज भन्न नमिल्ने बताए ।

संसदमा यसरी जवाफ दिए प्रधानमन्त्रीलेः

संविधान संशोधनका लागि हामीले गरेका प्रयासहरुबारे सबै कुरा मैले बोलेको छु । यो विषयलाई लिएर केही राजनीतिक दलको विचार र केही सञ्चारमाध्यमबाट आएको टिप्पणीप्रति मेरो ध्यानाकर्षण भएको छ ।

नेपालको संविधान निर्माण, सोको कार्यान्वयन तथा स्वीकार्यता तथा कार्यान्वयन नितान्त नेपाल र नेपाली जनताको आन्तरिक विषय हो भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु । यसमा कसैसँग सम्झौता गरेको छैन् र हुनपनि सक्दैन् । संविधानको सर्वस्वीकार्यता, कार्यान्वयन गर्नु हाम्रो राष्ट्रिय एजेण्डा हुन् । राष्ट्रिय प्राथमिकता र एजेण्डाबारे राष्ट्रिय अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु अस्वभाविक र स्वभाविक विषय होइन् ।

नेपालको शान्ति प्रक्रिया, लोकतन्त्रको संक्रमणमा सघाई आएका छिमेकी र मित्रराष्ट्रबाट नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे जिज्ञासा राख्नुलाई नाजायज भन्न मिल्दैन् । हाम्रो संविधान कार्यानवयनको सम्बन्धमा छिमेकी वा अन्य कुनै मुलुकले पनि हस्तक्षेप हामीलाई स्वीकार्य हुनेछैन् ।