१० मंसिर २०८३, बिहिबार

प्रचण्डले भने– विराटनगरको भारतीय क्याम्प हटाउनुपर्छ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १२ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरको भारतीय वाणिज्य दूतावासको कार्यालय हटाउनुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले बिराटनगरमा राखिएको भारतीय क्याम्प हटाउनुपर्ने कुरामा माओवादी केन्द्र स्पष्ट रहेको बताए ।

उनले सप्तकोशीमा उच्च बाँध बनाउने सहमति र फेरि संविधान संशोधन गर्छु भनेर अभिव्यक्तिमा माओवादी केन्द्रले प्रधानमन्त्रीसँग छलफल गरेर धारणा सार्वजनिक गर्ने बताए ।