१ कार्तिक २०८३, आइतबार

कांस्यसहित शारीरिक सुगठन टोली फर्कियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । दक्षिण कोरियाको सिओलमा सम्पन्न ५१ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका कांस्य विजेता कमल भण्डारीसहितको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ ।

उनीहरुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलामा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी, महासचिव राजन श्रेष्ठलगायतले स्वागत गरे । कमलले पुरुष ५५ केजीमा कांस्य जितेका थिए ।

अगष्ट २० देखि २६ तारिखसम्म भएको उक्त प्रतियोगितामा कमलसहित ४ खेलाडीले सहभागिता जनाएका थिए ।

पुरुष ७० केजीमा अशोक महर्जन, ७५ केजीमा गत संस्करणका स्वर्ण विजेता महेश्वर महर्जन र १७० सेन्टीमिटर उचाईभन्दा माथिको स्पोर्ट्स फिजिकमा विजयत्तम वज्राचार्य तथा महिला १६० सेन्टीमिटर उचाईसम्म एथलेटिक फिजिकमा निर्मला महर्जन (खड्का) ले प्रतिस्पर्धा गरेका थिए ।

चारै पदकविहीन रहे । समग्रमा विजयत्तम पाँचौं र निर्मलाले चौथो स्थान हात पारेका थिए ।