१ कार्तिक २०८३, आइतबार

आईएमईको दशैं, तिहार र छठ योजना सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । स्थापनादेखि नै चाडवाडलाई लक्षित गरी विभिन्न सेवाग्राहीमूखी प्रवर्द्धनात्मक क्रियाकलाप संचालन गर्दै आईरहेको आईएमईले यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ ।

भदौ १२ गतेदेखि मंसिर ३ गतेसम्म १२ हप्ता संचालन हुने सेवाग्राहीमूखी प्रवर्द्धनात्मक कार्यक्रममा देश विदेशका लाखौँ सेवाग्राही सहभागी हुन सक्नु हुनेछ ।

योजनाअन्तर्गत योजना अवधिभर दैनिक लक्की ‘ड्र’बाट छनौट हुने ६० जनालाई १०० रुपैयाँ बराबरको आईएमई पे क्यास, हरेक पन्ध्र÷पन्ध्र दिनमा १\१ जना भाग्यशाली सेवाग्राहीलाई ६ लाखको जीवन बीमा र हरेक छ\छहप्तामा १\१ जना भाग्यशाली सेवाग्राहीलाई १० लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत अन्तर्राष्ट्रिय/आन्तरिक कारोबारको हकमा पैसा पठाउनु हुने सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा विजेता छानिने छन् ।

अन्तर्राष्ट्रिय कारोबारको हकमा विजेताले इच्छाएको नेपालमा बस्नु हुने आफन्तलाई पुरस्कार प्रदान गरिनेछ ।

यस योजनामा आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्नु हुनेछ । यद्यपि, आईएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।

जीवन बीमा प्राप्त गर्नुहुने विजेताले सम्बन्धित बीमा कम्पनीद्वारा निर्धारित नियम तथा शर्तहरु पालना गर्नु पर्नेछ ।

आईएमईका जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेका भौचर कपी योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ ।नेपाल सरकारको नियमानुसार लाग्ने कर सेवाग्राहीले उपहार ग्रहण गर्नुपूर्व नै भुक्तान गर्नुपर्नेछ ।योजनाको सर्वाधिकार यस कम्पनीमा निहित हुनेछ ।

विस्तृत जानकारीका लागि कम्पनीको आधिकारिक वेवसाइट, सामाजिक संजाल, सहकार्यमा रहेका एजेन्ट साझेदार, क्षेत्रीय प्रतिनिधि, केन्द्रीय कार्यालय एव संचार माध्यममार्फत् सूचना सार्वजनिक गरिनेछ ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,४००सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।