१ कार्तिक २०८३, आइतबार

हुम्लामा बेमौसमी तरकारीखेती तालिम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 हुम्ला, १२ भदौ । समुदाय विकास कार्यक्रमको आयोजना तथा नेपाल सरकार तथा बेलायत सरकारको सहयोग सञ्चालित बेमौसमी तरकारीखेती सम्बन्धी सातदिने तालिम सम्पन्न भएको छ ।

तालिममा सहभागी सिमिकोट,स्याँडा नाम्खा, मुचु, खार्पुनाथ र सर्केगाड गाउँपालिका सहभागी २५ प्रशिक्षार्थीलाई सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले प्रमाणपत्र वितरण गर्नुभयो ।

जिल्ला संयोजक राजबहादुर रोकायाले तरकारी बन्दाकोपी, मुला, धनिया, प्याज, लसुन र सागपातलगायतका हिउँदे तथा वर्षे तरकारी स्थानीय स्तरमै उत्पादन हुन थालेकाले सहज र सुपथ मुल्यमा तरकारी पाउन सकिने भएको जानकारी दिनुभयो । रासस