१० मंसिर २०८३, बिहिबार

कांग्रेसले भन्यो- प्रधानमन्त्रीको भारत भ्रमण सफल, ओलीको चीन भ्रमण आपत्तिजनकः निधि

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कार्यबाहक सभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्तै सफल रहेको जानकारी दिँदै संविधान संशोधनबारे देउवाले दिल्लीमा दिएको अभिव्यक्तिको समेत बचाउ गरे ।

संविधान संशोधनको प्रयास फेरि गर्छु भनेर दिएको अभिव्यक्तिको सर्वत्र विरोध भइरहेका बेला निधिले बचाउ गर्दै भने– ‘संविधानमा अन्तर्राष्ट्रिय समुदायको स्वागत र समर्थन लिन पनि प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्ति औचित्यपूर्ण छ ।’ कावा सभापति निधिले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध अझै सुदृढ बनेको दावी गरे ।

ओलीको चीन भ्रमण आपत्तिजनकः निधि

अर्काे प्रसंगमा निधिले प्रधानमन्त्रीको भारत भ्रमणको विषय एमालेले अनावश्यक उचालेको भन्दै आलोचना गरे । उनले एमाले अध्यक्ष केपी ओलीको चीन भ्रमण र वरिष्ठ नेता माधव नेपालको उत्तर कोरिया भ्रमण आपत्तिजनक रहेको पनि टिप्पणी गरे ।

ओलीले चीन भ्रमणको बेला संघीयताको विरोधमा चिनियाँ नेताहरुसँग छलफल गरेर नेपालको शीर निहुर्याएको र माधव नेपालले सरकारको अनुमति विनानै उतरकोरियाको भ्रमण गरेकोमा आपत्ति जनाएका हुन् ।