१० मंसिर २०८३, बिहिबार

सिरहामा एमालेले थाल्यो ‘आक्रामक’ प्रचार, गोलबजारमै ७ सय युवा परिचालन

11.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, १० भदौं । नेकपा एमालेको भातृ संगठन युवा संघले आज गोलवजार नगरपालिका स्तरीय युवा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । उक्त भेलामा ७ सय २१ युवाहरुको सहभागिता रहेको आयोजकले बताएका छन् ।

गोलवजार नगरपालिकाको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राखिएको उक्त भेलालाई एमालेका केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठ, केन्द्रीय सदस्य धर्मनाथ यादव र युवा संघका केन्द्रीय सचिव रमेश आचार्यले संवोधन तथा प्रशिक्षण दिएको थियो ।

गोलवजार नगरपालिकामा प्रस्तावित मेयरका उममेदवार श्याम श्रेष्ठले पनि भेलालाई संवोधन गर्नु भएको थियो । सो अवसरमा १ हजार युवाहरुको चुनावी प्रचार दस्ता गठन गरिएको र चुनाव प्रचारमा जाँदा जनताको मन जित्ने गरी प्रसार प्रचार गर्न प्रशिक्षण दिईएको थियो ।

एमाले नेता तथा केन्द्रीय सदस्य धर्मनाथ यादवले भन्नेभयो गोलवजार नगरपालिका एमालेको पहिल्यै देखिको आधार ईलाका हो । गत संविधानसभाको निर्वाचनमा पनि यस नगर क्षेत्रवाट एमालेलाई सर्वाधिक मत आएको थियो । त्यसकारण यहाँ एमालेको जीत निश्चित छ । जनतालाई एमालेले लिएको राष्ट्रवादी अडान र बिकास तथा सामाजिक न्यायका लागि चालेको कदमहरुवारे युवाहरुले गाउँ गाउामा गएर बुझाउनु पर्ने आवश्यकता छ ।

त्यसैगरी अर्का केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठले देश बनाउने एक मात्र पार्टी एमाले नै हो । यो पार्टीको सामथ्र्य र असल नीतिले नै राष्ट्रलाई सम्मुनत बनाउने धारणा राखे । सो अवसरमा युवा संघका केन्द्रीय सचिव रमेश आचार्यले प्रदेश नं. २ मा पनि एमाले सवैभन्दा ठुलो पार्टी बनेर उदय हुने ठोकुवा गरे ।

एमालेका गोलवजार नगर अध्यक्ष गणेश गौतमले भोली देखि नगरका विभिन्न भागमा एमाले समर्थित युवाहरु एक हजारको संख्यामा परिचालित हुने बताए । उनले जनता विच एमाले विरुद्ध खडा गरिएको सवै प्रकारको भ्रम चिर्न र जनतालाई सत्य तथ्य बताउन ठुलो संखयामा युवा परिचालन गरिएको बताए ।

उनले प्रचार प्रसारका लागि महिलाहरुको पनि हजार भन्दा बढीको टोली परिचालन हुने बताए ।