१० मंसिर २०८३, बिहिबार

जमानसिंह वाइबाको घरमा खानतलासी, रिसायो ‘नेकपा’

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रौतहटका नेता एवम् जिल्ला सदस्य जमानसिंह वाइबाको घरमा स्थानीय प्रहरीले खानतलासी गरेको छ ।

रौतहटका ईञ्चार्ज विजयलाल सिंह र जिल्ला सेक्रेटरी विष्णु बरालले आइतबार संयुक्त विज्ञप्ति जारी गरे वाइबाको घरमा खानतलासी गरेको जनाएका हुन् । ‘भदौ ११ गते आइतबार बिहान ४ बजे जिल्ला सदस्य जमान सिंह वाइबाको घरमा खानतलासी गरिएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘राष्ट्रिय स्वाधीनता, जनअधिकार र जनजीविकाको पक्षमा आन्दोलनरत हाम्रो पार्टीमा निरन्तर राज्यबाट आतंक मच्याइ रहेको छ । आज बिहानको त्यसैको निरन्तरता हो’, विज्ञप्तिमा भनिएको छ, ‘जमानसिंह घेरा तोड्न सफल भएपनि घरका परिवारलाई हातपात लछारपछार र मानसिक यातना दिइएको छ ।’

माओवादी केन्द्रका नेता समिर भट्टराईको निर्देशनमा स्थानीय यादव खरेलद्वारा ईलाका प्रहरी कार्यालय चपुरको प्रहरी टोलीलाई परिचालन गरी वाइबाको गाउँमा लगिएको नेकपाले आरोप लगाएको छ ।

‘माओवादी, कांग्रेस गठबन्धन सत्ताका दलाल र सुराकीहरूलाई आफ्नो गतिविधि सुधार्न तथा जनतालाई आतंकित नबनाउन चुनौती दिन चाहन्छौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।