१० मंसिर २०८३, बिहिबार

प्रधानमन्त्रीले ट्रयाक बाहिर गएर आन्तरिक विषयमा बोल्नु आपत्तिजनकः ज्ञवाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्रीले मुलुकको आवश्यकतालाई छाडेर ट्रयाक बाहिर गएर संविधान संसोधनको विषयमा दिएको अभिब्यक्ति आपत्तिजनक रहेको बताएका छन् । यसले सविधान बनाउने संविधानसभा र संसदको अपमान गरेको उनको तर्क छ ।

रिपोर्टर्स क्लबको साक्षात्कार उनले भने, ‘संविधानलाई सर्वस्वीकार्य बनाउँछु भनेर प्रधानमन्त्रीले ९१ प्रतिशत बहुमतमा संविधान बनाउने संविधानसभाको अपमान गर्नु भएको छ । संसदले टुङगोमा पुर्याईसकेको विषयलाई फेरि गर्छु भन्नु आपत्तिजनक हो । संविधानको पालना गर्ने सपथ लिएका प्रधानमन्त्रीले यस्तो बोल्नु उपयूक्त होईन ।’

ज्ञवालीले थपे, ‘नेपालको नितान्त आन्तरिक मामिलालाई अन्तर्राष्ट्रियकरण गर्दा नेपालकै हैसियत कमजोर बनाउँछ । यो कुरा प्रधानमन्त्रीले बुझ्नु पर्छ ।’

उनले डुबान, सीमामा भारतले एकतर्फी रुपमा बनाएको बाँध, दुई दशकदेखि कार्यान्वयन हुन नसकेको हुलाकी राजमार्ग, पञ्चेश्वरको डीपीआर, निर्यात ब्यापारमा भईरहेको अवरोध र चीन–भारतको विवादमा नेपालको स्पष्ट धारणा सार्वजनिक गर्नु जस्ता महत्वपूर्ण विषय छाडेर प्रधानमन्त्री ट्रयाक बाहिर गएको भन्दै भ्रमण उपलब्धिमुलक हुन नसकेको दावी गरे ।

ज्ञवालीले नेपाल भारतबिच रहेको अविश्वास हटाएर सार्वभौमसत्ताको आधारमा संम्बन्धलाई नयाँ उपचाईमा पु¥याएर मित्रतापूर्ण सम्बन्ध कायम राख्ने पक्षमा आफूहरु रहेको भन्दै भारतले नेपालमा यो वा त्यो आफ्नो मान्छे भन्दा पनि नेपाल जुन बाटोमा अघि बढेको छ, त्यसमा सफल बनाउने गरी सहयोग गर्नु पर्ने सुझाव दिए ।

भविष्यमा संविधानको संसोधन फेरि गर्छु भन्नु ठिक भएनः गजुरेल

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भारतीय प्रधानमन्त्रीले संविधान अनुसार भएको निर्वाचनको सफलताको लागि बधाई र आगामी चुनावको सफलताको लागि शुभकामना दिनु संविधानलाई स्विकार्नु नै भएकोले यसअर्थमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको बताएपनि आफ्नो देशको संविधानको विषय अर्को देशमा गएर बोल्नु भने उपयूक्त नभएको टिप्पणी गरे ।

उनले भने, ‘प्रधानमन्त्री कुटनीतिक मर्यादा भन्दा बाहिर जाँदा विवाद भयो, भविष्यमा संविधानको संसोधन फेरि गर्छु भन्नु ठिक भएन ।’
गजुरेलले दुई मुलुकविचको सम्बन्धमा तिक्तताको विच सम्बन्ध सुधारको दृष्टिकोणले भ्रमण सफल भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आक्रोस सत्ता बाहिर रहनु पर्दाको पीडताको रुपमा आएको आरोप लगाए । उनले भने, ‘संविधानप्रतिको अभिब्यक्तिबाहेक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण समग्रमा सफल भएको छ ।’