१० मंसिर २०८३, बिहिबार

एमालेले भन्यो- प्रधानमन्त्री देउवाले संसदमा माफी माग्नुपर्छ

5.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनबारे नयाँदिल्लीमा दिएको अभिव्यक्ति प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवाले माफी माग्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

आज विहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै एमाले नेता एवं सांसद केशब बडालले संविधान संशोधनको विषयमा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष प्रतिबद्धता जनाउनु दुर्भाग्य भएको भन्दै गल्ती स्वीकारेर सार्वभौम संसदमा उभिएर माफी माग्नुपर्ने कुरा सार्वजनिक गरेका हुन् ।

‘संसदबाट फेल भइसकेको संविधान संशोधन विधेयकलाई दिल्लीमा गएर पुनः पास गराउँछु भन्नु अत्यन्त आपत्तिजनक कुरा हो, तपाईको भावना अनुसार अर्को चुनावमा दुई तिहाई ल्याएर संविधान संशोधन गर्छु भनेर प्रधानमन्त्री देउवाले राष्ट्रहित विपरितको काम गरेका छन्, नेपाल र नेपालीको अपमान गरेका छन्, देशको स्वाभिमानको विदेशी भुमीमा धज्जी उडाएका छन्,’ बडालले भने– ‘यसरी सार्वभौम संसदको अपमान गर्ने अधिकार कसैलाई छैन् । संविधान संशोधन गराउँछु भनेर दिल्लीमा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्री देउवाले संसदमा माफी माग्नुपर्छ ।’

संशोधन विधेयक फेल हुँदा सबै नेपाली जनता खुशी भएको तर्क गर्दै नेता बडालले भारतलाई खुसी पार्नका लागि प्रधानमन्त्रीजस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिनु लज्जास्पद भएको बताए । ‘संविधान संशोधनमा राजपासहित सबै दल सहभागि भएर विधेयकको टुंगा लागेको छ,’ उनले भने– ‘अब कोही पनि संविधानप्रति असन्तुष्ट छैनन्, विवादै नभएको विषयमा विदेशी प्रभुलाई खुसी पार्न बोलिएको कुरा मान्य हुन सक्दैन् । यसमा प्रधानमन्त्रीले माफी माग्नुपर्छ भन्ने हाम्रो धारणा हो ।’

यस्तै, नेता बडालले भारतले गरेको गलत कामको आलोचना गर्दा भारतविरोधी भन्न नमिल्ने बताए । ‘गलत कामको विरोध गर्नु उसको विरोधी बन्नु होइन् । उस्तैपनि भारतले सहयोगका नाममा नेपाललाई पेल्ने कुरा ठिक छैन्,’ बडालले भने ।