१० मंसिर २०८३, बिहिबार

राप्रपा (प्रजातान्त्रिक)लाई संसदमा आधिकारिक मान्यता, सांसदहरु सत्तापक्ष बेञ्चमा बस्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । पशुपति सम्शेर राणा नेतृत्वको नयाँ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले व्यवस्थापिका संसदमा आधिकारिक रुपमा मान्यता प्राप्त गरेको छ । यससँगै राणा समूहको पार्टी संसदीय दल बनेको छ ।

प्रवक्ता किरण गिरीका अनुसार संसदीय दल बनेसँगै राप्रपा (प्रजातान्त्रिक)का सांसदहरु अब संसदमा सत्तापक्ष बेञ्चमा बस्नेछन् ।

यसअघि पार्टीको केन्द्रीय समितिको बैठकले वर्तमान सरकारलाई समर्थन र सहयोग निरन्तर गर्ने निर्णय गरिसकेकाले राप्रपा (प्रजातान्त्रिक) सत्ता पक्ष भएकाले सांसदहरु सत्तापक्ष बेञ्चमा बस्ने प्रबन्ध मिलाइएको प्रवक्ता गिरीले जानकारी दिए ।