१० मंसिर २०८३, बिहिबार

पत्रकार महासंघको नयाँ नेतृत्वलाई कोइराला परिवारको विशेष सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांका कोइरालाले प्रेसजगतले राष्ट्रलाई सही मार्गमा हिँड्न डोर्‍याउनु पर्ने बताउनु भएको छ । उहाँले अहिलेसम्मको प्रेसले दिएको योगदानको सबैले उच्च मूल्यांकनका साथ मनन गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको स्वागतका लागि काठमाडौंको महाराजगञ्जस्थित निवासमा शुक्रबार बिहान आयोजित विशेष कार्यक्रममा डा. कोइरालाले प्रेसजगत राज्यको आँखा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रेस राज्यको चौथो अंग हो । प्रेसले जिम्मेवारी अनुसार आफ्नो कलम चलाउनु पर्छ । त्यसबाट राज्य चलाउनेहरूलाई खबदारी हुन्छ ।’

कार्यक्रममा सहभागी पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलका अनुसार महामन्त्री कोइरालाले डा. कोइरालाले आगामी दिनमा सञ्चारजगतको निष्पक्ष भूमिकाले मुलुकको विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

पत्रकार महासंघको नयाँ नेतृत्वको स्वागतमा आयोजित कार्यक्रममा महामन्त्री डा.कोइरालाका साथै डा.शेखर कोइराला र सुजाता कोइरालाको पनि सहभागिता रहेको थियो ।

यसअघि, कांग्रेसका केन्द्रीय सदस्य डा.प्रकाश शरण महतले शनिबार बिहान पत्रकार महासंघको नयाँ नेतृत्वका लागि आफ्नै निवास बाँसबारी महाराजगञ्जमा चियापान कार्यक्रम राखेर स्वागत गर्नु भएको थियो ।