काठमाडौँ, १६ कात्तिक । भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निक्कै चर्चा हुने गरेको छ । उनले ल्याएका अभियानको चर्चा पनि त्यही ढंगले चर्चा हुने गरेको छ । पछिल्लो समय मोदीले चलाएको ‘स्वच्छ भारत अभियान’ को अझ बढी चर्चा भएको छ ।
उनको त्यो अभियानलाई खेलप्रेमीदेखि लिएर कलाकार, उद्योगी व्यवसायी पत्रकार र सर्व साधारण सबैले साथ दिएका छन् ।
मोदीको यस अभियानलाई साथ दिन अहिले भारतका हरेक जसो मानिस हातमा कुचो लिएर सडक सफा गर्ने अभियानमा निस्कने गरेका छन् ।
मोदीको अभियानलाई पछिल्लो समय हलिउडमा ख्याति कमाएका सुपरस्टार अमिताभ बच्चनले पनि साथ दिएका छन् ।
मुम्बईको सडकमा झाडू लिएर बच्चन निस्केपछि अहिले प्रधानमन्त्रीको उक्त अभियानको झन चर्चा भएको छ ।
ट्रयाकसुट लगाएर बच्चनले सडकमा कुचो लगाइरहेको तस्वीर सामाजिक सञ्जाल ट्वीटरमै सेयर भएपछि प्रधानमन्त्रीको ‘स्वच्छ भारत अभियान अझ सफल भएको छ ।
बच्चनले स्वच्छ भारत अभियानमा सवै जोडिनु आबश्यक रहेको भन्दै उक्त अभियानलाई सबैले मिलेर सफल बनाउनु पर्नेमा समेत जोड दिएका छन् ।













प्रतिक्रिया