नयाँदिल्ली, ८ भदौ । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको कुरा नसुनिदाको दृश्यले आज विहान दिल्लीस्थित राष्ट्रपति भवनमा सबैको ध्यान आकर्षित गर्यो । अरु त अरु सँगै रहेका भारतीय समकक्षी नरेन्द्र मोदी र प्रथम महिला आरजु देउवाले पनि प्रधानमन्त्रीले बोलेको सुनेनन् । त्यसपछि देउवामाथि आरजु र मोदीले इशाराको प्रयोग गरेर सम्झाए ।
प्रसंग हो भारतीय राष्ट्रपति भवनमा देउवालाई आज बिहान विशेष सम्मान ‘गार्ड अफ अनर’ प्रदान गर्न आयोजित विशेष समारोहको । समारोहमा राजकीय सम्मान ‘गार्ड अफ अनर’ प्रदान गर्नुअघि राष्ट्रपति भवनमा देउवालाई भारतीय प्रम मोदीले स्वागत गरेका थिए । स्वागतपछि मोदीले देउवासमक्ष मिडियालाई सम्बोधन गर्न आग्रह गरेका थिए । नजिकै थियो रोस्टम ।
देउवा सम्बोधन गर्न माइकमै पुगे र भटाभट बोल्न थाले । तर, के बोले भन्ने कुरा उनको बाँया छेउमा उभिएकी प्रथम महिला आरजु र दाया छेउमा उभिएका मोदीले बुझ्नसकेनन् । पछाडि रहेका भ्रमण दलका अन्य सदस्यहरु अब त प्रधानमन्त्री बोल्छन् भनेर कान ठाडो पारेर उभिएका उभिएका थिए । तर, उनको आवाज नै सुनेनन् ।
छेउमै रहेकी आरजुले ‘कस्तो केही नसुनिएको माइक लिनु न’ भन्ने आशयको इशारा दिइन्, अनि प्रधानमन्त्रीले माइक समाउन खोजे, तर मोदीले ‘ठिक है छोडिए’ भन्ने शैलीको इशारामा देउवालाई रोके । उता पछाडि रहेका भ्रमणदलका अन्य सदस्यहरु प्रधानमन्त्रीको आवाज सुन्न कुरेको कुर्यै भए । तबसम्म देउवाको संक्षिप्त सम्बोधन सकिसकेको थियो ।
भिडियोः
दिल्लीबाट पत्रकार वीरेन्द्र केएमको सहयोगमा














प्रतिक्रिया