नयाँदिल्ली, ८ भदौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको सम्बन्ध विश्वकै ऐतिहासिक रहेको बताएका छन् ।
भारतको पाँच दिने राजकीय भ्रमणको दोस्रो दिन भारत सरकारले आज विहान राष्ट्रपति भवनमा ठूलो सम्मान ‘गार्ड अफ अनर’ प्रदान गरेपछि देउवाले दुई देशको सम्बन्धलाई विश्वमै ऐतिहासिक भनेका हुन् ।
यसअघि विशेष राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रागणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए । स्वागतपछि मोदीले देउवासमक्ष मिडियालाई सम्बोधन गर्न आग्रह गरेका थिए ।
मिडियासँग कुराकानी गर्दै खुल्ला सिमाना रहेको नेपाल र भारत विश्वकै ऐतिहासिक सम्बन्ध रहेको मुलुक भएको बताएका हुन् । उनले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर रहँदै आएको भन्दै यो भ्रमणले यो सम्बन्ध अझै प्रगाढ बन्ने बताए ।












प्रतिक्रिया