१० मंसिर २०८३, बिहिबार

तराई डुबाउने सीमा बाँधबारे देउवाले भारतसँग गरे दुई बुँदे सहमति

15.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ८ भदौ । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री शुष्मा स्वराजले भेटवार्ता गरेकी छन् । देउवा बसेकै राष्ट्रपति भवनमा भएको भेटवार्तामा दुई विषयमा ठोस सहमति बनेको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपाल र भारतका सीमा क्षेत्रमा हरेक वर्षमा हुने डुबानको दिर्घकालिन समाधान खोज्ने विषयमा सहमति भएको जानकारी दिए । जसका लागि आजको प्रधानमन्त्रीको द्धिपक्षीय भेटवार्ताको क्रममा उच्चस्तरीय संयूक्त संयन्त्र बनाउने विषयमा सम्झौता हुनेछ । जसले भारतले एकतर्फी रुपमा सीमा क्षेत्रमा बनाएको बाधसहितका सम्पूर्ण विषयहरुमा छलफल गर्नेछन ।

त्यसैगरी, भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नेपालका प्रधानमन्त्रीसँग अन्त्यन्त राम्रो र सकारात्मक कुराकानी भएको भन्दै देउवाको भारत भ्रमण सफल सिद्ध हुने विश्वास ब्यक्त गरिन ।