काठमाडौं, ८ भदौ । नेपाल फोरम लोकतान्त्रिक ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
काठमाडौंको तीनकुनेमा बिहीबार बिहानदेखि सुरु भएको बैठकमा २ नं. प्रदेशको निर्वाचन तयारी, संविधान संशोधन, मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुनेछ ।
कार्यबाहक प्रधानमन्त्री समेत रहनु भएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पार्टीलाई कसरी सांगठनिक रुपमा अगाडि बढाउने भनेर प्रस्ताव राख्ने बुझिएको छ ।











प्रतिक्रिया