काठमाडौं, ७ भदौ । निर्वाचन आयोगले पशुपति सम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)को दल दर्ता गर्ने निर्णय गरेको छ ।
बुधबार साँझ बसेको आयोगको बैठकले दल दर्ता गर्ने निर्णय गरेको पवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
सोमबार सर्वाेच्च अदालतले राणा समूहको पहिलो सनाखतका आधारमा दल दर्ता गर्न निर्वाचन आयोगलाई आदेश दिएको थियो ।












प्रतिक्रिया