१० मंसिर २०८३, बिहिबार

देउवा भारत गएलगत्तै कावा प्रधानमन्त्री गच्छदारले किन गरे तराईमा सेना खटाउने कुरा ?

10k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । कार्यबाहक प्रधानमन्त्री विजय गच्छदारले तराईमा सेना परिचालन गर्ने तयारी गरेका छन् ।

कार्यबाहक सुम्पिएर प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला आज तेस्रो चरणको चुनावबारे निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा गच्छदारले निर्वाचनको वातावरण बनाउन सेना खटाउनेसम्मको कुरा उठाएका हुन् ।

भेटमा निर्वाचन आयोगका पदाधिकारीले कावा प्रम गच्छदारलाई भेटी प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम शुरु हुनुअघि नै त्यस क्षेत्रमा कायम भएका मतदान केन्द्रसम्म पुग्ने सडक र पुलको मर्मत गरिसक्न ध्यानाकर्षण गराएपछि सेना परिचालनको प्रसंग उठेको हो ।

जवाफमा मन्त्री गच्छदारले शीघ्र बाटो र पुल मर्मत गरेर यातायात सञ्चालनका लागि सरकारले तयारी गरिरहेको र सेनालाई जिम्मेवारी दिएर पठाइने जानकारी आयोगका पदाधिकारीलाई गराए ।

हालै आएको वर्षा र बाढीले त्यस क्षेत्रमा सडक भत्काउनाका साथै पुल बगाउँदा मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिनाइ भएको र त्यसलाई मर्मत गरी सञ्चालनमा ल्याउने कामलाई सरकारले उच्च प्राथमिकता दिने जानकारी दिँदै कार्यबाहक प्रधानमन्त्री गच्छदारले अगाडि भने– ‘सेनालाई जिम्मेवारी दिएर हुन्छ वा अरु के गर्न सकिन्छ, यो विषयमा सरोकारवालासँग भोलि नै छलफल गरेर शीघ्र बाटो र पुल मर्मत गरेर यातायात सञ्चालनमा ल्याइने छ । मतदान केन्द्रसम्म जाने अवस्थाको सिर्जना हामी गर्छौं ।’