१० मंसिर २०८३, बिहिबार

कुन्ती शाही र राजेन्द्र लिङ्देशनविरुद्ध मानहानीको मुद्दा, एक वर्ष कैद सजाय माग

13.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी मुख्य सचेतक कुन्तीकुमारी शाही र महामन्त्री राजेन्द्र लिङ्देनविरुद्ध मानहानीको मुद्दा दायर भएको छ ।

अधिवक्ताद्वय जनार्दन बञ्जाडे र शिव अर्यालले न्यायालयको मानमर्दन गरेर सामाजिक सञ्जाल ट्वीटरमा जथाभावी लेखेको भन्दै बुधबार मानहानीको मुद्दा दायर गरेका हुन् । शाही र लिङ्देनलाई मानहानीसम्बन्धी कानूनअन्तर्गत हदैसम्मको कारबाही माग गरिएको छ ।

न्यायालयको मानहानीको गरेको प्रमाणित भएमा मुख्य सचेतक शाही र महामन्त्री लिङ्देनलाई एक वर्ष कैद सजाय र दश हजारसम्म जरिवाना हुनेछ ।

राप्रपा (प्रजातान्त्रिक)ले रिटमा माग गरे बमोजिम सर्वोच्च अदालतबाट केही दिन अगाडि आदेश भएपछि आक्रोशित बनेका शाही र लिङ्देनले न्यायाधीश विरुद्ध ट्वीटरमा ट्वीट गर्नुभएको थियो ।

‘मुख्य सचेतक शाहीले माननीय श्रीमान् गरिव नेपाली जनताले खसी बोका सधै किन्न नसकेपनि ऋण लिएर दशैंमा किन्छन्, नेपालको न्यायालय जसले सक्यो किन्ने कठै न्याय’, ट्वीटमा शाहीले भन्नु भएको छ ।