काठमाडौं, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण टोलीमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेतालाई पनि सामेल गरिएको छ ।
एमालेसहित विभिन्न पार्टीका १४ सांसदलाई टोलीमा समावेश गरिएको हो । एमालेबाट भने दुई जना सांसद रहेका छन् ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकालले प्रधानमन्त्रीको आग्रहपछि सांसदद्वय भूपेन्द्र थेबे र सीता गिरी वलीलाई पार्टीले संस्थागत रुपमा निर्णय गरेर भ्रमण टोलीमा पठाइएको जानकारी दिए ।

भ्रमण टोलीमा माओवादीबाट अजयशंकर नायक, संघीय समाजवादी फोरमबाट अभिशेकप्रताप साह, फोरम लोकतान्त्रिकबाट पवनकुमार शारदा र नेकपा संयुक्तबाट जयदेव जोशी छन् । कांग्रेसबाट ईश्वरी न्यौपाने, अनिलकुमार रंगाटा, एनपी साउद, उमेश श्रेष्ठ, रञ्जित कर्ण, सीतराम भण्डारी र रश्मी ठाकुर गरी ८ सांसद छन् ।
भ्रमण टोलीमा सहभागी सबै सांसदलाई होटल ताजमानसिंहमा बस्ने व्यवस्था मिलाइएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
कांग्रेसबाट–
ईश्वरी न्यौपाने, अनिलकुमार रंगाटा, एनपी साउद, उमेश श्रेष्ठ, रञ्जित कर्ण, सीताराम भण्डारी र रश्मी ठाकुर
एमालेबाट–
भूपेन्द्र थेबे, सीता गिरी वली
माओवादी केन्द्रबाट–
अजयशंकर नायक
संघीय समाजवादी फोरमबाट–
अभिशेकप्रताप साह
फोरम लोकतान्त्रिकबाट–
पवनकुमार शारडा
नेकपा संयुक्तबाट–
जयदेव जोशी












प्रतिक्रिया