काठमाडौं, ७ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेकपा (एमाले)को स्थायी समिति बैठक आज बस्दै छ ।
धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा बिहान साढे नौ बजेपछि बस्ने बैठकमा निर्वाचनको तयारी, सरकारको कामकारबाही, बाढीपीडितको उद्धारलगायतका विषयमा छलफल हुनेछ ।
संविधान संशोधन विधेयक फेल भएपछि बस्न लागेको एमालेको स्थायी समिति बैठकमा अब कसरी अगाडि बढ्ने भन्नेबारेमा पनि छलफल हुनेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा राष्ट्रहित विपतिरका सन्धि सम्झौता नगर्न चेतावनी दिएको एमालेले सो विषयमा पनि स्थायी समितिमा छलफल गर्ने स्रोतले जनाएको छ ।











प्रतिक्रिया