४ कार्तिक २०८३, बुधबार

जुम्ला मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, ७ भदौ । जुम्ला जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।

लिखत राजीनामाबाट रु ७१ लख ५९ हजार, अंशबण्डा र भर्पाईबाट रु छ लाख ७३ हजार, धितो÷दृष्टि बन्धकबाट रु १६ लाख ९९ हजार, बकसपत्रबाट रु छ लाख २७ हजार र छोडपत्र र दानबकसबाट रु छ लाख २९ हजार राजस्व संकलन भएको मालपोत अधिकृत रामलाल प्याकुरेलले जानकारी दिनुभयो ।

नगरपालिका र गाउँपालिकाका महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, आदिवासी÷जनजाति गरेर ५३३ जनाले राजस्व छुट प्राप्त गरेका थिए ।

लक्षित वर्गलाई रु १७ लाख आठ हजार राजस्व छुट गरिएको कार्यालयले जनाएको छ । आव २०७२÷७३ मा मालपोत कार्यालयले रु एक करोड १२ लाख १५ हजार राजस्व संकलन गरेको थियो । रासस