१० मंसिर २०८३, बिहिबार

ओलीको प्रश्न- देशमा यतिका समस्या छन्, भारत भ्रमणमा जानुको कारण के हो ?

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समयमा प्रधानमन्त्री भारत भ्रमणमा जानु उपयुक्त नभएको बताएका छन् ।

व्यवस्थापिका– संसद्को आजको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले देशमा बाढी, पहिरो र डुबान लगायत तमाम समस्या रहेका बेला भ्रमणमा जानुको कारण के हो भनी प्रश्न गरे ।

सदनको अधिवेशन चलिरहेको बेला छिमेकी मुलुकको भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलको कार्यसूची र भ्रमणमा जानुपर्नाका कारणबारे सदनमार्फत नेपाली जनतालाई जानकारी गराउनुपर्ने उनको माग छ ।

‘मुलुकको धेरै भागमा बाढी, पहिरो र डुबानको समस्या छ, जसबाट १४९ को ज्यान गइसकेको छ, १० हजारको संख्यामा बेघरबार छन्, ठूलो संख्यामा जनता समस्या छन, त्यसमध्ये डुबानको समस्या अझै विकराल छ, डुबान समस्या कसरी पैदा भएको हो, अब कसरी समाधान गर्ने हो, त्यस सम्बन्धमा व्यापक छलफल र बहस हुनुपर्छ’, उनले भने ।