१० मंसिर २०८३, बिहिबार

राजपाको केन्द्रीय पदाधिकारीको बैठक बबरमहलमा बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । मुलुकको पछिल्लो अवस्थाका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय पदाधिकारीहरूको बैठक बस्दै छ ।

काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा राजपाको बैठक अहिले केही समयपछि सुरु हुनेछ । बैठकमा संविधान संशोधन विधेयक फेल भएपछिको अवस्थाका विषयमा छलफल हुने महासचिव केशव झाले जानकारी दिनुभयो ।

बैठकमा अब कसरी अगाडि बढ्ने भन्नेबारेमा पनि छलफल एवम् रणनीति तयार पारिनेछ । राजपाले २ नं. प्रदेशको निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेबारेमा पनि निर्णय गर्नेछ ।