काठमाडौं, ६ भदौ । माओवादी केन्द्रले एमालेका कारण संविधान संशोधनको विधेयक फेल भएको भन्दै चिन्ता जनाएको छ ।
काठमाडौंको लाजिम्पाटस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा मंगलबार बिहान बसेको केन्द्रीय कार्यालय बैठकले संविधान संशोधन नहुनुमा एमाले प्रमुख जिम्मेवार रहेको ठहर गरेको हो ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संशोधन विधेयक फेल गराएर एमालेले राजनीतिक ध्रुबीकरण गर्न खोजेको आरोप लगाउनुभयो ।
‘एमाले मुलुकको राजनीतिक समस्या समाधान गर्न चाहँदैन’, उहाँले भन्नुभयो, ‘संशोधन विधेयक फेल हुनुमा प्रमुख जिम्मेवार एमाले हो । उसले राजनीतिक ध्रुबीकरण गराएर फाइदा लिन चाहन्छ ।’
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संशोधन विधेयक फेल भइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने लगायतका विषयमा छलफल भएको थियो ।
संविधान संशोधनको विधेयक सोमबार राति संसदमा फेल भएपछि माओवादी केन्द्रले सो विषयमा केन्द्रीय कार्यालयमा छलफल गरेको हो ।











प्रतिक्रिया