१० मंसिर २०८३, बिहिबार

तराईका बाढीपीडितको घरदैलोमा युवा संघ, मृतकका परिवारलाई क्रिया खर्च

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, ६ भदौ । युवा संघ नेपाल अहिले तराईको भित्री मधेस सप्तरीमा बाढीपीडितहरुको घरदैलोमा पीडितहरुको मनको घाउमा मलम पट्टी लगाउने काम गरिरहेको छ ।

सोमबार दिनभर संघका अध्यक्ष राजिब पहारीको नेतृत्वमा रहेको टोलीले सप्तरीको चार परिवारलाई क्रिया खर्च प्रदान गरेको छ । युवा संघले कोइलाडी तिलाठी गाउँपालिका वडा नं ८ मा मृत्यु भएका कमल सदाका परिवारसदस्य फुदेन सदालाई फुदेनकै घरमा पुगि हस्तान्तरण गरेको छ ।

त्यस्तै, बेलि चपेना गाउँपालिका वडा नं ४ मा बाढीबाट मृत्युु भएमा ४० बर्षीय कमल मुखिया, डाक्नेश्बरि नगरपालिका वडा नं ८ मा मृत्युु भएका ६६ बर्षिय नाथुरिराम, र देउरी भरुवा नगरपालिका वडा नं ४ मा मृत्यु भएका स्थानीयका परिवारलाई क्रिया खर्च प्रदान गरेको युवा संघका नेता सन्तोष सिलवालले जानकारी दिए ।

राहत वितरणका क्रममा मृतकप्रति माउ पार्टी एमाले, र आफ्नो संगठन युवा संघको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोक मन्तव्यको क्रममा संघका अध्यक्ष पहारीले बाढी मात्रै यहाँको समस्या नभएको र जाडोमा सित लहर, सामाजिक क्षेत्रमा दाइजो प्रथा, भ्रष्टाचार लगायत अन्य हजारौं यहाँको समस्या रहेको बताए ।

यसअघि पनि बिजुली बत्ती, रोड, खानेपानी, सिंचाईजस्ता बिकासका काम एमालेको नेतृत्वमा सम्भव भएको र हुलाकी राजमार्गजस्ता भिजन पनि एमालेसंगै भएकाले तमाम समस्याहरुको समाधान पनि एमालेबाटै सम्भव हुने पहारीले बताए ।

संघले राहत बितरण गरिराख्दा उनीहरुले अन्य समस्या सुनाउदै यसको समाधान अरु कुनै पार्टीले नगर्ने र समाधान पनि गरे एमालेले नै गर्ने नगरे कसैले नगर्ने भन्दै थिए । राहत लिएर युवा संघ उपस्थित हुँदा त्यहाका जनतामा खुशीको उत्साह भरिएको थियो ।

अभियानमा युवा संघका उपाध्यक्षहरु चन्द्र लामा, रमेश पौडेल, महासचिव किरण पौडेल, सचिवहरु राजेश साह, मञ्जु यादव, स्थायी कमिटी सदस्य प्रभातबिक्रम कटवाल र अन्य संघका सचिवालय सदस्य लगायतका थिए भने जिल्ला पार्टीको तर्फबाट पार्टी जिल्ला अध्यक्ष सहित पार्टी नेताहरु, नगरपालिका तथा गाउँपालिका प्रमुख, उपप्रमुख लगायतको उपस्थित रहेको थियो ।