१० मंसिर २०८३, बिहिबार

राणा समूहले पायो राहत, दोहोर्‍याएर सनाखत गर्नुनपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । सर्वोच्च अदालतले राप्रपा (प्रजातान्त्रिक)ले पहिलो दिन नयाँ दल दर्ताका लागि बुझाएको निवेदनलाई मान्यता दिन अदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तेजप्रकाश केसीको एकल ईजलासमा सोमबार भएको सुनुवाईपछि राणा समूहको माग बमोजिम गर्न आदेश दिइएको हो ।

सर्वोच्चले ५६ जना केन्द्रीय सदस्यहरूको हस्ताक्षरलाई कायम राखेर अगाडि बढ्न आयोगलाई आदेश दिएको केन्द्रीय राप्रपा (प्रजातान्त्रिक)का प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

राणा समूहले निर्वाचन आयोगमा पहिलो दिन नयाँ दल दर्ताका लागि बुझाएको सनाखतलाई मान्यता दिनुपर्ने मागदाबीसहित शुक्रबार सर्वोच्चमा रिट दायर गरेको थियो । आइतबार र सोमबार भएको सुनुवाईपछि भएको आदेशसँग राणा समूहलाई राहत मिलेको छ ।

राणा समूहको तर्फबाट अधिवक्ता हरिहर दाहाल, महादेव यादव, माधव बस्नेत, चन्द्रकान्त ज्ञवाली, रामप्रसाद भण्डारीसहित १३ जनाले बहस गरेका थिए ।

विपक्षमा अधिवक्ता शम्भु थापा, टीकाराम भट्टराईसहितका ९ जना अधिवक्ताले बहस गरेको सर्वोच्चले जनाएको छ ।