२ कार्तिक २०८३, सोमबार

साफ यू–१५ च्याम्पियनसिपमा नेपालको सानदार जित, माल्दिभ्स ६-० गोलले पराजित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । साफ यू–१५ च्याम्पियनसिप प्रतियोगिताको पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ ।

पहिलो हाफमा ४–० को अग्रता लिएको नेपाली राष्ट्रिय यू–१५ फुटबल टोलीले आज घरेलु मैदानमा माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि ब्रिजेश चौधरीले पहिलो र अन्तिम गरी दुई, दर्शन गुरुङ, कप्तान रोशन रानामगर, आकाश बुढा मगर, रोशन दोङले गोल गरे ।

जितसँगै नेपाल समूह’बी’बाट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फाइनल एवं समूह विजेताका लागि नेपालले पर्सी बुधबार भारतसँग भिड्दैछ ।