१ कार्तिक २०८३, आइतबार

डच भलिबल प्रशिक्षक म्याट स्वदेश फर्कने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । नेदरल्यान्डका भलिबल प्रशिक्षक म्याट भान विजल स्वदेश फर्कने भएका छन् । भलिबल प्रशिक्षक म्याट १ महिने नेपाल भ्रमणपछि नेदरल्यान्ड फर्कन लागेका हुन् ।

आइतबार नेपाल भलिबल संघले एक कार्यक्रमको आयोजना गर्दै भलिबल प्रशिक्षक म्याटलाई विदाइ गरेको छ । संघका अध्यक्ष मनोरमन रन्जन शर्मा,उपाध्यक्षद्वय निरोज मास्के र रन्जन खड्का,महासचिव जितेन्द्रबहादुर चन्द,प्रशिक्षक र खेलाडी लगायतले बिदाई गरे ।

बिदाई कार्यक्रममा डच प्रशिक्षक म्याटले नेपाली खेलाडीमा प्रतिभा भएको उल्लेख गर्दै अवसरमा पाएमा खेलाडीले आफूलाई प्रमाणित गर्ने बताए ।

संघका अध्यक्ष शर्माले आगामी दिनमा पनि नेदरल्यान्ड भलिबल संघसँग सहकार्य गर्ने बताए । महासचिव चन्दले नेदरल्यान्ड र एफआइभिबीसँगको सहयोगमा भित्र्याएका थियौँ । हामीले आगामी दिन पनि यी २ सँग सहकार्य गर्नेछौँ ।

अब एसियन गेम्स र दक्षिण एसियाली खेलकुद मिसनलाई सफल पार्न उनीहरुसँग सहकार्य गर्नेछौँ । त्यसका लागि डच संघसँग प्रशिक्षक सहयोग अपेक्षा गरेका छौँ ।

म्याटको नेपाल बसाईका क्रममा प्रशिक्षणले सार्थकता पाएकाले पुनःउनीसँग नै सहकार्य गर्नेछौँ । डच प्रशिक्षक म्याट सोमबार नेदरल्यान्ड फर्कनेछन् । उनी नेपाल रहँदा नेपाली राष्ट्रिय भलिबल टोली ,विभागिय टोली,घरेलु क्लब र विभिन्न विद्यालयमा समेत प्रशिक्षण दिएका थिए ।