४ कार्तिक २०८३, बुधबार

बाढीपीडितलाई आइएमई फाउन्डेशनद्वारा राहत वितरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । साउनको अन्तिम साताआएको अविरल वर्षाका कारणले प्रभावित पूर्वी तराईका विभिन्न स्थानमा आइएमई फाउन्डेशनले प्रभावितहरुको लागि राहत वितरण गरेको छ ।

बाढीपहिरोले पीडित घरपरिवारको दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न–लत्ताकपडा लगायतका सामग्रीहरु आइएमई फाउन्डेशन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यावसायिक साझेदारहरुले स्थानीय दैवीप्रकोप उद्घार समन्वय समितिको रोहबरमा वितरण गरेका हुन् ।

आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अविरल वर्षाका कारण घरबार विहीन हुन पुगेका पूर्वी तराईका प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गत साउन ३० गते गरेको थियो ।

उक्त निर्णय कार्यान्वयनका लागि केन्द्रीय तहमा तीन सदस्यीय कार्यदल गठन गरी कार्यालयमा कार्यरत बरिष्ठ अधिकृतहरुलाई सम्बन्धित स्थानमा जिम्मेवारी तोकी पठाइसकिएको छ ।

आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो । आइएमई ग्रुपलेसंस्थागत सामाजिकउत्तरदायित्वसँग सम्बन्धितक्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दैआएको छ ।