भैरहवा, ५ भदौ । सुन्दा पनि हाँसो लाग्दो, अपत्यारिलो समाचार हो यो तर घटनाले सत्यता सृजना गरेको छ ।
विशेषगरी युवतीहरूको कपालको चुल्ठो आफसे आफ काटिएको घटनाले पश्चिम तराइको रुपन्देही र कपिलवस्तुमा एक किसिमको सन्त्रास नै सृजना गरेको छ ।
डरका बीच रुपन्देहीको लुम्बिनी सांस्कृतिक नपा बस्ने वर्ष १५ अप्सना (परिवर्तित नाम) शनिबार राति सुतेकोे आइतबार सहि सलामत उठिन् तर एकैछिनमा उनलाई चक्कर लाग्यो र सुतिन त्यसपछि एकैछिनमा हेर्दा त उनको आमाले छोरीको कपाल काटिएको देखिन् ।
त्यतिबेला छोरी बेहोस जस्तै थिइन् । उठाउँदा उठिनन् । उनलाई उपचारको लागि भैरहवास्थित भीम अस्पताल लगियो । भीमका इमरजेन्सी विभागका गोपाल उपाध्ययले सामन्य चेकजाचपछि उनी ठीक भएको बताए ।
यस्तै चुल्ठोको कपाल काटिएर अस्पतालमा उपचारत अवस्थामा रहेकी अर्की कपलिवस्तु जिल्लाको मायादेवी गाउँपालिकाकी १८ वर्षीया परिवर्तित नाम पुष्पाको पनि एक्कासि आफ्नो चुल्ठो कपालको काटिएको बताइन् । हामीले यो कसरी भयो भनेर सोध्दा भैरहवाको सिटी अस्पतालमा भेटिएकी उनी अचम्मित र त्रसित हुँदै कसरी यो भयो थाहा भएन भनिन् ।
उनी भन्छिन्, ‘रातिको साढे १० बजे थियो । हामी सबै सुतेका थियौँ । एक्कासि कसैले मेरो चुल्ठो ताने जस्तो लागेपछि म बेस्सरी चिच्चाए ।
चुल्ठो कसरी तानियो, कसले तान्यो मलाई केही पनि देखिन र थाहा छैन । त्यसपछि आमा दौडिदै आउनु भयो र म बेहोस भए । त्यसपछि के भयो मलाई थाहा छैन । आफूले थाहा पाउँदा अस्पतालमा पो रहेछु ।’ उनकी आमाले छोरी पटक पटक बेहोस भएको बताइन् । उनले यो घटनाले डर त्रास सृजना गरेको पनि बताइन् ।
छिमेकी मुलुक भारतमा भाइरल ज्वरो सरह फैलिएको महिलाको चुल्ठो (कपाल) काटिने घटना नेपालमा पनि हुन थालेको छ । मुलुकको रुपन्देही र कपिलवस्तु जिल्लामा महिलाको कपाल काटिएको घटना बाहिर आएको छ । सीमावर्ति रुपन्देही र कपिलवस्तुमा पनि यो घटना हुन थालेपछि युवतिहरु त्रसित देखिन्छन् ।
यसरी भाइरल जस्तै चुल्ठो काटिने बारेमा जिल्ला जनस्वास्थय कार्यलयका सूचना अधिकृत कृष्ण पोखरेललाई बुझ्दा यसबारेमा आफूलाई जानकारी नभएको बताए । उनले हिजो साविक आमा गाविस हाल लुम्बिनी सास्कृतिक नगरपालिकामा घटेको जानकारी आएको छ । आज पनि भीम अस्पतालमा पनि आएको सुनिन आएको छ । सुचना अधिकृत कृष्ण पोखरेलले अस्पतालमा आएका विरामी सामन्य रुपमा देखिएका छन् । उमेर समुह २५ देखी ३० वर्षको छ ।
महिलाहरुमा सामन्यतया हिस्टेरिया हुनेगर्दछ तर यस्तो घटना पहिलो हो । हामी पनि आश्चर्य चकित छौं । यस विषयम विशेष टिम बनाएर अनुसन्धान गर्न चिकीत्सकीय र विज्ञ टोली हिड्दैछौं ।












प्रतिक्रिया