५ कार्तिक २०८३, बिहिबार

कांग्रेस–एमालेले ल्याए ६ प्रदेशको साझा प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3-dal1काठमाडौँ, १५ कात्तिक । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले कर्णाली, गण्डकी, लुम्बिनी, सगरमाथा, जनकपुर र बाग्मती वा राजधानी गरी ६ प्रदेशको प्रस्ताव अघि सारेका छन् ।

उनीहरुले साझा प्रस्तावमा संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।

ती दलले अघि सारेको साझा प्रस्तावमा धेरैभन्दा धेरै दलको समर्थन जुटाउने प्रयास स्वरुप शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा साना दलका नेताहरुसँग छलफलसमेत गरेका छन् ।
साझा प्रस्तावमा २ वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव राख्न नपाइने र त्यसपछि राख्दा बैकल्पिक उम्मेदवार प्रस्तुत गर्नुपर्ने पनि उल्लेख गरिएको बुझिएको छ ।

प्रस्तावमा १७५ सदस्यीय प्रतिनिधि सभाको प्रस्ताव गरिएको छ । जसमध्ये   ७० प्रतिशत प्रत्यक्ष र ३० प्रतिशतसमानुपातिक निर्वाचन प्रणालीबाट हुनेछन् ।

संवैधानिक राजनीतिक तथा सम्वाद समितिले सबै दलको साझा सहमतिमा प्रस्ताव लैजाने पहल गरे पनि त्यो सफल नभएपछि ती दलले यस्तो प्रस्ताव अघि सारेका हुन् ।