काठमाडौ, ४ भदौ । प्रहरी प्रधान कार्यालयले काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी गरेको छ ।
एसपीबाट भर्खरै एसएसपीमा बढुवा भएका धानुकलाई काठमाडौं प्रहरी प्रमुख बनाउन गृहमन्त्री जनार्दन शर्माले प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याललाई दवाव दिएको स्रोतको भनाइ छ ।
गृह मन्त्रालयले अवधि पुगेका तथा खाली भएका ठाउँमा एसएसपी सरुवाको तयारी गरिरहेका बेला धानुकले राजनीतिक दवाव दिएर काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाउन लागेका हुन् ।
रुपन्देहीमा रहँदा धानुकले राम्रोसँग कमाण्ड सम्हाल्न नसकेको आरोप छ । डीएसपी हुँदा दार्चुला, रुकुम र काभ्रे र एसपी हुँदा सर्लाही र रुपन्देहीको कमाण्ड सम्हालिसकेका धानुकले स्थानीय तह निर्वाचनमा रुपन्देहीमा राम्रो काम गर्न नसकेको आरोप छ ।
महानगरीय अपराध महाशाखाको प्रमुखमा दिवश लोहनीको पदस्थापन भएको छ।
अञ्चल प्रहरी कार्यालय बागमतीमा धीरजप्रताप सिंह, बुटवल तालिम केन्द्रमा उत्तम सुवेदी, बिराटनगर तालिम केन्द्रमा ईश्वरबाबू कार्की, अञ्चल प्रहरी कार्यालय कोशीमा हरिबहादुर पाल र प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा नवलपरासीमा प्रध्युम्न कार्कीको पदस्थापन भएको छ ।












प्रतिक्रिया